प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार १४:३१

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

सांसदहरुले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराउनु भएको हो । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्ष बाट १६५ र समानुपातिकबाट ११० जना सांसद निर्वाचित भएका थिए । प्रतिनिधि सभामा जम्मा सांसद संख्या २७५ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*