बागमती प्रदेश : वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न समिति गठन

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार १२:४१

मकवानपुर । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ११९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनका अनुसार, वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको संयोजकमा मन्त्री खनाल रहेका छन् भने सदस्यमा वन तथा वातावरण मन्त्री विशाल खड्का र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ रहेका छन् ।

चालू आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी अनुसार, प्रदेश सरकारले मन्त्रीपरिषदबाट वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरिसकेको छ ।

प्रदेशका ११९ वटै पालिकाको एक–एक वडामा सरकारले हाल २५ करोड रुपियाँ विनयोजन गरेको र एउटा वडालाई कार्यक्रम कार्यान्वयन गर्न एक करोड रूपियाँ विनियोजन गरिने मन्त्री खनालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*