प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ आज

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार ०९:५८

मकवानपुर । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार नै शपथ गराएकी थिइन् ।

शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*