संसदीय दलको नेतामा देउवा विजयी

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार ११:०३

मकवानपुर । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन् ।
पार्टी सभापतिसमेत रहेका देउवाले थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा कुल ८९ मत खसेकाे थियाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*