बसको ठक्करबाट मकवानपुरमा महिलाको मृत्यु

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार १०:१३

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ खरङ्गामा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्वर ७ कोदार बस्ने ४५ वर्षीया महिला सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उनका अनुसार, बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङ्जातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्वरको रात्री बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रश गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्वरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७ बजेर २० मिनेटको समयमा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक मिजारको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । प्रहरीले मिजारलाई ठक्कर दिने बस र चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय सिमबहादुर पल्लि मगरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*