३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगको निर्देशन

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार ०९:३५

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो ।

आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्नेछ ।

साथै आयोगले निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानून बमोजिम जरिवाना गरिने चेतावनीसमेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*