ज्येष्ठ सांसद पशुपति शमशेरले आज राष्ट्रपतिबाट शपथ लिने

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार ०९:२८

मकवानपुर । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् ।८१ वर्षीय जबराले आज दिउँसो १ बजेको समयमा राष्ट्रपति कार्यालयमा पुगेर शपथ ग्रहण गर्ने भएका हुन् ।

संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो ।

नागरिकता अनुसार, माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै शपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।

सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

जबराले आज राष्ट्रपतिबाट शपथ लिएपछि बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ बानेश्वरमा शपथ गराउने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*