नेकपा एमाले संसदीय दलको नेतामा ओली चयन

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार ०९:१२

मकवानपुर । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।
अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने तयारी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*