कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाबीच प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
५ पुष २०७९, मंगलवार १६:२६

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार, बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ ।

सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार, आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।

थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामानिर्वाचित सांसद प्रदीप पौडेल रहेका छन् ।

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि थापालाई नै समर्थक गरेका छन् ।

यसैगरी, सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*