सामान्य विवादकै कारण महिलाको हत्या, मकवानपुरका रोज वाईबा पक्राउ

बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार ०७:४४

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ ज्यामिरे की ३५ वर्षीया सरस्वती वाइवाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै सरस्वतीको हत्याको अभियोगमा ३३ वर्षीय रोज वाइवालाई सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले २४ मंसिर साँझ खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेसँगै अनुसन्धानको लागि नियन्त्रणमा लिइएको रोज आफैँले हत्या गरेको स्वीकार गरेको बताउनुभयो । उहाँले पक्राउ परेका रोजले मादक पदार्थ सेवन गरेर आवेगमा बाटोमा भेट हुँदा कुटपिट गरेर सरस्वतीको हत्या गरेको स्वीकारेको बताउनुभयो । प्रहरीका अनुसार मृतक महिला मंसिर १३ गतेदेखि सम्पर्क बिहिन थिइन् ।

मंसिर १९ गते सरस्वतीको खोजतलास गरिदिन उनका श्रीमान बीर बहादुर वाइवाले प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । श्रीमती हराएको हप्तादिन वित्दा समेत नभेटिएपछि वीरले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । उजुरी दिएको भोलीपल्ट मंसिर २४ गते साँझ रोजको बारीमा अनुहार र कपडाको केही भाग देखि खाल्डोमा पुरिएको अवस्थामा सरस्वतीको शव फेला परेको थियो । घटनाको जानकारी पाएपछि घटनास्थलमा तालिम प्राप्त कुकुर सहित प्रहरीको अनुसन्धानको टोली पुगेको थियो । अनुसन्धानको टोलीले रोजलाई पक्राउ गरेको थियो । उनीमाथि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*