मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

बकैया दर्पण संवाददाता
२६ मंसिर २०७९, सोमबार १७:१६

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित पुर्व–पश्चिम सडकखण्डमा बिहान साढे ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, बाराबाट काठमाडांै तर्फ जाँदै गरेको बा ८० प ८९४१ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक बाराको कलैया नगरपालिका वडा नम्वर ६ बस्ने ३५ वर्षीय अमित कण घाईत भएका हुन् ।

घाईते कणको शरिरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि हेटौंडास्थित अर्थपेटिक अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, आज बिहान नै धरान चतरा सडकखण्ड अन्तरगत पर्ने बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा हेटौंडा तर्फ आउँदै गरेको प्रदेश ३०२०१० प ३५२२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

उक्त मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६० वर्षीया जन्तरी माया भोलन घाइते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, बिहान साढे १० बजेको समयमा बाटो काट्ने क्रममा उक्त मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी हुन् ।

घाईते उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*