मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन

बकैया दर्पण संवाददाता
२२ मंसिर २०७९, बिहीबार ०७:५४

मकवानपुर । नेकपा एमालेले मंसिर २९ गतेभित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

साथै बैठकले अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ । सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत समेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी छ ।

केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा एमालेले ल्याएको परिणामलाई ठिकै भएको निष्कर्ष निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*