मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३२ पुग्यो

बकैया दर्पण संवाददाता
२१ मंसिर २०७९, बुधबार १७:१२

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा ३ हजार १९४ जना पुरुष र २ हजार ६३८ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३८९ जना पुरुष र १ हजार ९४६ जना महिला गरी ४ हजार ३३५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५४२ जना पुरुष र ४९२ जना महिला गरी १ हजार ३४ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३४ जना महिला गरी ७९ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा ३१ जना पुरुष र २८ जना महिला गरी ५९ जना, बकैया गाउँपालिकामा १८ जना पुरुष र २८ जना पुरुष गरी ४६ जना, राक्सिराङ गाउँपालिकमा १९ जना पुरुष र ६ जना महिला गरी २४ जना, हाल ठेगाना नखुलेका १७ जना पुरुष र १८ जना महिला गरी ३५, अन्य जिल्लाका १५ जना पुरुष र १० जना महिला गरी २५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*