तारा एयरको जहाजमा चरा ठोक्किँदा अगाडिको भागमा क्षति

बकैया दर्पण संवाददाता
२१ मंसिर २०७९, बुधबार १७:०६

मकवानपुर । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ ।

बुधबार दिउँसो हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीन जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*