विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

बकैया दर्पण संवाददाता
२१ मंसिर २०७९, बुधबार १०:१२

मकवानपुर । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।

रुपन्देही क्षेत्र नं.२ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*