हेटौंडाका तीन जना प्रहरीको फन्दामा

बकैया दर्पण संवाददाता
२१ मंसिर २०७९, बुधबार ०८:०६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ वर्षीय बिशाल घलान, हेटौंडा–१३ बस्ने २१ वर्षीय विजय रिजाल, हेटौंडा–१७ बस्ने २० वर्षीया शर्मिला भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले नायव उपरीक्षक कार्कीका अनुसार, शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा निजहरुले लुकाई छिपाई ल्याएको अवस्थामा उक्र परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*