समानुपातिक तर्फ कमल थापाको राप्रपा नेपाललाई साढे २१ हजार मत

बकैया दर्पण संवाददाता
२० मंसिर २०७९, मंगलवार १७:३७

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभातर्फ प्रत्यक्षको मतगणना भने सम्पन्न भइसकेको छ ।

अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको हो । पछिल्लो मत परिणाम अनुसार, कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ । राप्रपा नेपालले प्रदेश १ मा ३ हजार ३९१, मधेस प्रदेशमा ६ हजार ५२२, बागमती प्रदेशमा ५ हजार ६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३ हजार ३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २४१ मत पाएको हो ।

यस्तै, प्रत्यक्ष तर्फको निर्वाचनको नतिजाअनुसार राप्रपा नेपालले प्रतिनिधि सभातर्फ १२ हजार ३०२ मत पाएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन् ।

निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह तिर दिएको थियो । तर, उनी आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बनेका थिए । उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ । आफ्ना पार्टीका उम्मेदवारलाई भने उनले तिरमै चुनावमा उठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*