बालुवाटार बैठकको निर्णय : सत्ता गठबन्धनलाई निरन्तरता दिने

बकैया दर्पण संवाददाता
२० मंसिर २०७९, मंगलवार ०७:४२

मकवानपुर । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।

‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।

बैठकले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*