प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार १०:४३

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ । पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ । समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ । समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७-७ सिट जितेका छन् ।

अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एक/एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*