दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार १०:४१

मकवानपुर । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ ।

कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*