कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार ०९:३८

मकवानपुर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ ।

पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो ।

कांग्रेसबाट प्रदेश १ मा १९, मधेसमा १५, बामतीमा १८, गण्डकीमा १२, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये प्रदेश १ मा ९, मधेसमा ७, बागमतीमा १३, गण्डकीमा १०, लुम्बिनी ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ जना निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*