दोलखामा एमालेका शिवाकोटी अगाडि

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार ०९:०७

मकवानपुर । दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत हाल मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो प्रतिस्पर्धी माओवादी केन्द्रका गङ्गा कार्कीलाई १५ मतले टपेको छ । शिवाकोटीले ३४ हजार १९९ मत प्राप्त गर्दा कार्कीले ३४ हजार १८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*