आज सत्ता गठबन्धनको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार ०९:०२

निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।

उक्त बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुनेछ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थान, लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा र राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी हाँसिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*