स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित

बकैया दर्पण संवाददाता
१६ मंसिर २०७९, शुक्रबार ०९:०४

मकवानपुर । स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मी पारजित गर्दै प्रदेश सभा सस्दयमा निर्वाचित भएका हुन् ।

अर्यालले रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ मत प्राप्त गर्दा रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरे । गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए ।

बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*