सुनसरी ४ मा कांग्रेसका कार्की ११२ मतान्तरले विजयी

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार ११:२२

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ।

केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुनुभएको हो । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभएको हो ।

स्याङजामा पनि नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । गुरुङले ४ हजार ५ सय ९० मत पाउँदा एमाले उम्मेदवार पदमा अर्यालले ३ हजार ४ सय ५५ मत पाउनुभएको छ । प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*