सुनसरी- ४ मा राेचक बन्दै प्रतिस्पर्धा, ज्ञानेन्द्र कार्की ३१ मतले अगाडि

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:३९

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना प्रतिस्पर्धात्मक बन्दै गएको छ ।

इनरुवा नगरपालिकाको भगवती माविमा जारी मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निकटतम् प्रतिस्पर्धी जगदीश कुसियैतविरुद्ध ३१ मतको अग्रता बनाएका छन् । नेपाली कांग्रेसका नेता कार्कीले हालसम्म ३० हजार १७० मत हासिल गरेका छन् । प्रदेश १ का पूर्वमन्त्री तथा नेकपा एमालेका उम्मदेवार कुसियैतले ३० हजार १३९ मत पाएका छन् । हाल बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० को मतगणना भइरहेको छ। १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र ४ मा ८० हजार ९ ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*