हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार ०८:५१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ साढे ६ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५४८ नम्वरको ट्रक (कवाडी लोड) बिग्री रोकी राखेकोमा साही दिशाबाट आउँदै गरेको ना ५२ प ४०८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० टिसिएन रोड बस्ने २८ वर्षीय सुदेस के.आर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गम्भीर घाइते श्रेष्ठको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते उनको शरिरको विभिन्न भागमा चोट लागेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*