स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार ०८:१९

मकवानपुर । स्याङ्जा क्षेत्र नम्वर २ मा मतदान सम्पन्न भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।

नेकपा एमालेकी पद्मा अर्यालले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनराज गुरुङलाई पछि पार्दै अग्रता लिएकी छिन । अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् ।

यस्तै, कांग्रेसका धनराज गुरुङले १ हजार ७०३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् । स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*