बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने

बकैया दर्पण संवाददाता
१४ मंसिर २०७९, बुधबार १६:०६

मकवानपुर । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्वर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । नेकपा एमालेले स्याङ्जा–२ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना स्थगित भएको छ । नेकपा एमालेले स्याङ्जा २ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेपाली कांग्रेसले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो । स्याङ्जा–२ मा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।

यस्तै, बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना स्थगित भएको छ । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन । बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे प्रतिस्पर्धामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*