समानुपातिकमा एमालेले २६ लाख र सिके राउतको पार्टीले तीन लाख मत कटाए

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:३३

मकवानपुर । प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले २६ लाख र डा. चन्द्रकान्त राउत (सिके) अध्यक्ष रहेको जनमत पार्टीले तीन लाख मत कटाएको छ ।

निर्वाचन आयोगको आज बिहान साढे ११ बजेको विवरण अनुसार ९६ लाख ७० हजार ८८३ मत गणना हुँदा एमालेले समानुपातिकमा २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेको छ । यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत ल्याउँदा माओवादी केन्द्र ११ लाख ९ हजार ७७९ मतसहित तेस्रोमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ७७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७ मत प्राप्त गरेको छ । यस्तै, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीको ३ लाख १६ हजार ६५३ रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) को २ लाख ६८ हजार ४७९ मत रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय दल बन्न सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सीट जित्नुपर्ने प्रावधान छ । गणना भएको मत हेर्दा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले तीन प्रतिशत मत पाउने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*