गौरिटारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

बकैया दर्पण संवाददाता
१० मंसिर २०७९, शनिबार ११:१४

मकवानपुर । धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौडा–६ स्थित गौरिटारचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा १८ का २८ बर्षीय आशिष ढकालको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही वडाका २९ वर्षीय दिपु लामा घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको छ मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।

फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । गम्भीर घाइते दुवैलाई उद्धर गरेर हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ठक्करदिने बस चालक भने प्रहरीको सम्पर्कमा नआएको र भागेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*