हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १३:४४

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

आयोगको पछिल्लो विवरण अनुसार अहिलेसम्म १९ लाख १२ मत समानुपातिकतर्फ गणना हुँदा एमालेले ५ लाख १० हजार मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ६८ हजार मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६० हजार मत पाएको छ । चौथो स्थानको माओवादी केन्द्रले अहिलेसम्म २ लाख २८ हजार मत पाएको छ । १ लाख ३६ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा रहँदा छैटो स्थानको जसपा नेपालले ५७ हजार मत कटाएको छ ।

यसैगरी नेमकिपाले ४७ हजार मत कटाउँदा नागरिक उन्मुक्ति पार्टीले ३३ हजार, जनमत पार्टी ३० हजार, र नेकपा एकिकृत समाजवादीले ३१ हजार मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*