झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १९:४०

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी हुनुभएको छ । कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित हुनु भएकाे हाे । 

ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत पाउनुभएकाे थियाे । ओली २०४८ सालबाट निरन्तर यो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएकाे छ ।

उहाँ ०६४ सालमा मात्र पराजित हुनुभएको थियाे । ओलीले ०७४ मा पनि डा. अधिकारीलाई नै पराजित गर्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*