ओली जितको नजिक

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:१३

मकवानपुर । गत आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुग्नु भएको छ ।

बुधबार बिहानसम्म झापा ५ मा ७१ हजार ४ सय १ मतगणना हुँदा एमालेका उम्मेदवार ओली दोब्बर मतका साथ अगाडि हुनुहुन्छ । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले ३६ हजार ५ सय २८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १८ हजार ४ सय १६ मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ मा १ लाख २ हजार १ सय ५० मत खसेको छ । जस मध्ये अब ३० हजार ७ सय ४९ मत मात्रै गन्न बाँकी रहेकाे छ ।

२०७४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समेत एमाले अध्यक्ष ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो। सोही निर्वाचनमा समेत अधिकारीलाईपछि पार्दै अध्यक्ष ओली विजयी हुनुभएको थियो ।

पछिल्ले मत परिणाम अनुसार यस पटक पनि अध्यक्ष ओली जितको नजिक पुग्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*