मुलुकमा बिदेशीको दबाब र प्रभाव बढेकोले रास्ट्रवादी शक्ति एकजुट हुनुपरेको कमल थापाकाे स्पष्टीकरण

बकैया दर्पण संवाददाता
२९ कार्तिक २०७९, मंगलवार १८:४४

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेद्बार कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताउनुभएको छ। विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएकोले सहकार्य गर्दै एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन लडेको भनाई थियो ।

मंगलबार मकवानपुरको हेटौंडा१४ मा भएको चुनावी सभामा बोल्दै थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता भएको उहाँले बताउनुभयो ।

मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताउनुभयो ।
मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न पनि आफु चुनाबमा होमिएको जानकारी दिनुभयो । थापाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको समेत स्मरण गर्नुभयो। गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा थापाले जोड दिनुभयो । अहिले बिदेशी शक्तिको आडमा कठपुतली सरकार चलिरहेकोले यसलाई अन्त्य गरी एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बनाउन उहाले आग्रह गर्नुभयो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर १९ख० का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*