एमाले हारे राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति हुदैन : कमल थापा

बकैया दर्पण संवाददाता
२८ कार्तिक २०७९, सोमबार १७:२३

मकवानपुर । नेकपा एमाले मकवानपुर १ मा उम्मेदवार एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेले हारेको खण्डमा राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति नहुने भएकोले सूर्यमा मतदान गर्न आग्रह गर्नुभयाे ।

साेमबार हेटौंडा उपमहानगरपालिका १६,१७ र १८ वडाको संयुक्त भेलालाई सम्बाेधन गर्नुहुँदै थापाले राष्ट्रियता र देशकाे बिकासका बारेमा एमालेले मात्रै संससदमा बाेल्ने र देशकाे बिकास गर्ने भएकोले एमालेले जित्नुपर्ने आबश्यकता रहेकोमा जाेड दिनुभयाे । उहाँले आगामी निर्वाचनपछि केपी ओलिकाे नेतृत्वमा रहेको राष्ट्रवादी सरकार बन्ने बताउनुभयाे ।

कार्यक्रममा मकवानपुर १ (क) का नेकपा एमालेका उम्मेदवार कमल बिष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, मदन दाहाललगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*