भ्रष्टाचार राेक्न मकवानपुरले दीपक सिंहलाई जिताउन नेता लिङ्देलकाे आग्रह

बकैया दर्पण संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार ११:१८

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले मकवानपुर क्षेत्र नम्बर १ का मतदाताहरुलाई राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह जिताएर संसदमा पठाउन अनुरोध गर्नुभएको छ ।

बिहिवार मकवानपुरको बकैया ४ जुरेलीमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अघिल्लो संसदमा आफु एक्लै हुँदा पनि भ्रष्टचारविरुद्ध र राष्ट्रियताको पक्षमा निरन्तर बोलेको बताउँदै मकवानपुरको साथ खोजेको बताउनुभयाे ।

उहाँले आफुले पार्टीको महाधिवेशनपछि पार्टी सशक्तरूपमा नयाँ ढंगले अघि बढाएको बताउँदै ४ मंसिरमा हुने निर्वाचनपछि पार्टी देशको वैकल्पिक शक्तिको रुपमा आउने दाबी समेत गर्नुभयाे । उहाँले मकवानपुरका मतदाताहरुलाई गम्भीर समिक्षा गरेर मतदान गर्न अनुरोध गर्नुभएकाे छ ।

अध्यक्ष लिङदेनले आफु मकवानपुरको साथ माग्न आएको बताउँदै पार्टीको उम्मेदवार सिंहसहित राप्रपाका उम्मेदवारहरुलाई जिताएर पठाउन अनुरोध गर्नुभएकाे हाे ।

कार्यक्रममा राप्रपाका मकवानपुर १ का उम्मेदवार दीपक सिंह, १ (क) का उम्मेदवार सागर थापालगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*