राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक(पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १३:३५

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक भएको छ । पार्टी सभापति रवि लामिछानले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक गर्नुभएको हो ।

पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ । पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ ।

लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’

लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताउनुभयो ।
bacha patra swatantra party

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*