एकीकृत समाजवादीकाे घाेषणापत्र सार्वजनिक, एमाले र ओलीकाे आलाेचना (पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१४ कार्तिक २०७९, सोमबार १३:१९

मकवानपुर । नेकपा एकीकृत समाजवादीले साेमबार चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक भएकाे हाे ।

समाजवादमा आधारित आर्थिक-सामाजिक रूपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा छन् ।

आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ ।

यसैगरी, घाेषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

एकीकृत समाजवादीले घोषणापत्रमा समेत एमाले र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको छ ।

‘हामीले नेकपा एमालेमा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्यौँ। एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्यौँ’, घाेषणापत्रमा लेखिएकाे छ ।
Ghosana-Patra_cpn-s

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*