राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१४ कार्तिक २०७९, सोमबार १३:११

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपाले हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको छ । त्यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहेका छन् ।

दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, सुशासनतर्फ बरु नष्ट हुने तर भ्रष्ट नहुने राप्रपाको प्रतिबद्धता छ । यस्तै ‘नेपाल बन्द’ जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ । साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ ।

final ghosna patra

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*