कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी

बकैया दर्पण संवाददाता
११ कार्तिक २०७९, शुक्रबार १०:४७

मकवानपुर । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*