२ हजार ४ सय १२ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १३:२६

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेकपा एमालेले १ सय ४१, नेपाली कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगको तथ्यांक अनुसार सबै भन्दा बढी ठाउँमा एमालेले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै, राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ४० ठाउँमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । योसँगै राप्रपा एमालेपछिको दोस्रो धेरै ठाउँमा उम्मेदवारी दर्ता गराउने दल बनेको छ । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ३१ क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

सोही दलले प्रदेशसभा सदस्य निर्वाचनका लागि भने उम्मेदवारी दर्ता गराएको छैन् । प्रतिनिधिसभाको कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये स्वतन्त्र पार्टीले १ सय ३१ ठाउँमा उम्मेदवारी दर्ता गरेर तेस्रो बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*