आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १०:१३

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनकाे खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारलाई शनिबारसम्म खर्च विवरण बुझाउन आयोगले समय दिएको हो ।

शनिबारसम्मको अन्तिम समयसम्म तोकिएको जरिवाना नबुझाए आयोगले समानुपातिकबाट नाम हटाउने चेतावनी समेत दिएको छ । आयोगले समानुपातिक बन्दसूचीमा रहेका ४ सय ३९ जना उम्मेदवारलाई जरिवाना बुझाउन यसअघि नै सूचना समेत जारी गरेको थियो ।

उम्मेदवारले शनिबार दिनभर सम्बन्धित कार्यालयमा जरिवाना रकम बुझाउन सक्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*