प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने प्रधानमन्त्रीको भनाई

बकैया दर्पण संवाददाता
३ कार्तिक २०७९, बिहीबार १४:५१

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय विस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्याउन सकिने बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पु¥याउने गरी काम गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मानव–वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन आवश्यक रहेको बताउनुभयो । उहाँले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*