वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति गर्ने प्रस्ताव नेकपाद्वारा पारित

बकैया दर्पण संवाददाता
३१ आश्विन २०७९, सोमबार १०:५९

मकवानपुर । असोज २५ गतेदेखि जारी नेकपाको नवौं महाधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरुको करिव साढे चार घण्टा लामो समय लगाएर जवाफ दिएका थिए ।
प्रतिनिधिहरुले राखेको चासो, जिज्ञासा र उठेका प्रश्नहरुको जवाफ दिँदै विप्लवले पूँजीवादी विश्व असफल भएकाले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपील गरेका थिए ।

प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकहरुले नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावादलगायतका नारा लगाउँदै एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको महाधिवेशनका एक प्रतिनिधिले बताए ।

महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद अनिर्वाय भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

महाधिवेशनमा प्रस्तुत प्रस्तापमा नेपालमा मुख्य गरी भूमण्डलीकृत पूँजीवाद एवम् दलाल संसदीय पूँजीवाद र उत्पीडित जनताबीचको अन्तरविरोध प्रधान भएर आएको समेत भनिएको छ ।
आज प्यानल प्रस्तावसहित अन्य निर्णयपछि नवौंं महाधिवेशन सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*