मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी

बकैया दर्पण संवाददाता
२८ आश्विन २०७९, शुक्रबार ११:५७

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो ।

मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन भन्नुभएको छ । राजीनामा नदिए उनीहरूलाई हटाउने उहाँको तयारी छ । मधेस सरकारको नेतृत्व जसपाले गर्दै आएको छ ।

सङ्घमा प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीलाई हटाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई प्रदेश सरकारबाट पनि ती दलका मन्त्री हटाउन निर्देशन दिनुभएको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*