गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

बकैया दर्पण संवाददाता
२६ आश्विन २०७९, बुधबार ११:४५

मकवानपुर । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ । औपचारिक घोषणा भने हुन बाँकी छ ।

उहाँसँग प्रतिस्पर्धामा उत्रिनुभएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिनुभएको छ । उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताउनुयो ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उहाँको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनुहुनेछ ।

मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*