आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै

बकैया दर्पण संवाददाता
२६ आश्विन २०७९, बुधबार ११:३६

मकवानपुर । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ ।

उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई बुधबार नै चिन्ह दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगले मंगलबार प्रतिनिधि सभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*