रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

बकैया दर्पण संवाददाता
२६ आश्विन २०७९, बुधबार १०:४३

मकवानपुर । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । यही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ । मुख्य प्रतिस्पर्धीसहित तीन जनाको उम्मेदवारी खारेज भएपछि एमालेका उम्मेदवार विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने देखिएको छ ।

उता, बर्दियामा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

सोही पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको छ । २०७२ साल भदौ ७ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । थारु फरार छन् भने चौधरी डिल्लीबजार कारागारमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*