बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

बकैया दर्पण संवाददाता
२५ आश्विन २०७९, मंगलवार १७:२३

मकवानपुर । सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । आज बसेको गठबन्धनको बैठकले सो चेतावनी दिएको हो ।

गठबन्धनले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने जनाएको छ ।

गठबन्धनले विज्ञप्तिमार्फत ‘पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ ।’ उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*